बडादशैमा सांसद बस्नेतको शुभकामना : ‘समृद्ध भक्तपुर सुखी भक्तपुर’का जनता बनाउने महान अभियान सफल होस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २०, सोमबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया दशमी (बडादशैं)को उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सम्पूर्ण देशवासीको नाममा शुभकामना व्यक्त गरेका छन् ।

सांसद बस्नेतले शुभकामना सन्देश जारी गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भनेका छन् । उनले समृद्धिको यात्रामा समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक रहेको औंल्याएका छन् ।

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड रहेको भन्दै पूर्वउद्योमगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गरेका छन् ।

जारी सन्देशमा भनिएको छ, ‘बडादशैँ भव्यतासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको छ । कुनै पनि चाडमा एक वटा नराम्रो कार्यलाई त्याग्दै गयौं भने समाजलाई सत्मार्गमा डोर्याउन सकिनेछ । दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिनुपर्छ । यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, मायाममता र सद्भाव फैलियोस् ।’ चाडहरू बढी खर्चालु नहोऊन्, हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन सकौँ ।’

सन्देशमा सांसद बस्नेतले विकास र समृद्धिको यात्रामा भक्तपुर देशकै नमुना हुँदै गइरहेको उल्लेख गर्दै आम भक्तपुरवासी जनताको साथ र सहयोगकै कारण अहिले भक्तपुरमा सडक, ढल, खानेपानी, हनुमन्ते कोरिडोर, सफाई, उज्यालो भक्तपुर अभियान, रास्ट्रीय गौरवका आयोजनालगायतको साथमा आर्थिक, सामाजिक, धार्मिक, परम्परा, पर्यटकीय क्षेत्रहरुको तिव्र गतिका साथ विकास भइरहको उल्लेख गर्दै शुभकामना सन्देशमा आगामी दिनमा समेत समृद्ध भक्तपुर सुखी भक्तपुरका जनता बनाउने महान अभियानमा स्थानीयवासीको अटुट सहयोग, सद्भाव, सहकार्यलगायतका हुने कार्यक्रमा दशैंले अझ वढी एकतावद्ध बनाओस् भनि सबैमा शुभकामना व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस